संसद् खुलाउन परामर्शमा सभामुख

हिमाल प्रेस १७ चैत २०८१ ११:०९ | Sunday, March 30, 2025
संसद् खुलाउन परामर्शमा सभामुख

काठमाडौँ- प्रतिनिधिसभाको बैठक खुलाउन सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन्। घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्। यसअघि पटकपटक प्रतिपक्षी दलबाट बैठक अवरुद्ध भएको थियो।

यसअघि बस्ने भनिएका दुवै सदनका बैठक विपक्षी दलका कारण स्थगित भएका थिए। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा आपत्ति जनाउँदै विपक्षी दलले प्रधानमन्त्रीको जबाफ मागेका थिए।

प्रधानमन्त्रीले जबाफ नदिए बताएपछि विपक्षीले सदन अवरोध गरेका थिए। आज बैठकमा भने प्रधानमन्त्रीले जबाफ दिने सम्भावना छ।

प्रकाशित: १७ चैत २०८१ ११:०९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast