घडी भवन, त्रिवि कीर्तिपुर।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन चैत १८ गते हुने भएको छ।
त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो।
सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो।
प्रकाशित: १७ चैत २०८१ ८:०३ | Sunday, March 30, 2025
प्रतिक्रिया





