राजधानीमा गणतन्त्र र राजतन्त्र समर्थकको भिन्नाभिन्नै नारा

हिमाल प्रेस १५ चैत २०८१ १३:३१
44
SHARES
राजधानीमा गणतन्त्र र राजतन्त्र समर्थकको भिन्नाभिन्नै नारा

काठमाडौँ- राजधानीमा शुक्रबार राजतन्त्र र गणतन्त्र समर्थकले भिन्नाभिन्नै प्रदर्शन गरेका छन्। काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थक भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरू नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन्। तीनकुनेमा भेला भएका राजतन्त्रका समर्थकहरूले राजतन्त्र जिन्दावाद, केपी चोर देश छोड, गणतन्त्र मुर्दाबादजस्ता नारा लगाइरहेका छन्।

यसैगरी समाजवादी मोर्चाले राजधानीको भृकुटीमण्डमा विरोध सभा आयोजना गरेको छ। सभाअघि शान्तिवाटिका, पद्मोदय मोड, सुनधाराबाट भिन्नाभिन्नै जुलुस सभास्थलमा पुगेको थियो। उनीहरूले भ्रष्टाचारीलाई कारबाही गर, महँगी र कालोबाजारी नियन्त्रण गर, सहकारी-लघुवित्त-मिटरब्याजीको समस्या समाधान गर, बेरोजगारी समस्या समाधान गर, गणतन्त्र नेपाल जिन्दावाद, शिक्षकहरूको समस्या समाधान गर जस्ता नारा लगाएका छन्।

काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले बताए। उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक संख्यामा प्रहरी तम्तयार रहेको उनले बताए।

दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा भएका छन्।

प्रकाशित: १५ चैत २०८१ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast