इलाममा १९ वर्षीया किशोरीको शव १५ दिनपछि भेटियो, श्रीमान् नियन्त्रणमा

हिमाल प्रेस १५ चैत २०८१ १०:४४ | Friday, March 28, 2025
इलाममा १९ वर्षीया किशोरीको शव १५ दिनपछि भेटियो, श्रीमान् नियन्त्रणमा

इलाम- इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए। शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए।

प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ। देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल महिला गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन्।

हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।

प्रकाशित: १५ चैत २०८१ १०:४४ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast