चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

हिमाल प्रेस २१ भदौ २०८३ १०:३० | Sunday, September 6, 2026
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

चितवन- रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना संकलन सुरु गरिएको थियो। यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना संकलन गरिएको छ।

उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना संकलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमूना संकलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन्।

भदौ १८ गते २२ जनाको नमूना संकलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन्।

यस्तै, भदौ १९ गते सात जनाको नमूना संकलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन्। भदौ २० गते छ जनाको नमूना संकलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन्।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण संकलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ।

प्रकाशित: २१ भदौ २०८३ १०:३० | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast