नेपाल प्रहरीका सई घुससहित पक्राउ

हिमाल प्रेस १४ चैत २०८१ २१:०७ | Thursday, March 27, 2025
नेपाल प्रहरीका सई घुससहित पक्राउ प्रतिकात्मस तस्बिर।

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा कार्यरत नेपाल प्रहरीका एक सईलाई घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई बिहीबार घुससहित पक्राउ गरेको हो।

सेवाग्रहीसँग तीस हजार नगद घुस लिइरहेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

रूपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीलाई खड्कालाई नियन्त्रणमा लिएको पौडेलले बताए।

सेवाग्रहीबाट घुस लिइसकेको अवस्थामा सई खड्कालाई मायादेवी गाउँपालिका–६ बाट घुस रकमसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: १४ चैत २०८१ २१:०७ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast