इजिप्टको तटमा पनडुब्बी डुब्दा ६ जनाको मृत्यु, ९ घाइते

हिमाल प्रेस १४ चैत २०८१ १८:५८ | Thursday, March 27, 2025
इजिप्टको तटमा पनडुब्बी डुब्दा ६ जनाको मृत्यु, ९ घाइते

कायरो (रासस/एपी)- इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ। नौ जना घाइते भएको स्थानीय अधिकारीले बिहीबार बताएका छन्।

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपतकालीन टोलीले २९ जनालाई जीवितै उद्धार गर्न सफल भएको छ।

इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो। उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो।

प्रकाशित: १४ चैत २०८१ १८:५८ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast