बागलुङमा पहिरोले आठ घरमा क्षति, ४० घर उच्च जोखिममा

हिमाल प्रेस ३१ साउन २०८३ १७:३४ | Sunday, August 16, 2026
12
SHARES
बागलुङमा पहिरोले आठ घरमा क्षति, ४० घर उच्च जोखिममा पहिरो, फाइल तस्बिर ।

बागलुङ- मनसुन सक्रिय भएसँगै बागलुङको निसीखोला गाउँपालिका-२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन्।

पहिरोका कारण धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको हो। घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुगेको छ।

निसीखोला-२ का वडाध्यक्ष कुवीर विश्वकर्माले पहिरोका कारण घरको पाली भत्किने, छानो उप्कने र घर चर्किनेलगायत क्षति भएको बताए। उनका अनुसार उपल्लो बेङ्ग्रीबाट खसेको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको छ।

लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै उनले जोखिममा रहेका परिवारलाई सतर्क रहन आग्रह गरे।

काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा समेत पहिरो खसेपछि बस्ती जोखिममा परेको उनले बताए।

प्रकाशित: ३१ साउन २०८३ १७:३४ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast