तरकारीको मूल्य : गोलभेँडा र बन्दाको एउटै भाउ, लौका ६० [अरू कति?]

हिमाल प्रेस १४ चैत २०८१ ९:२० | Thursday, March 27, 2025
तरकारीको मूल्य : गोलभेँडा र बन्दाको एउटै भाउ, लौका ६० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ कायम गरिएको छ।

बन्दा (तराई) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ५० रुपैयाँ, मूला रातो प्रतिकिलो ५० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ।

मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित: १४ चैत २०८१ ९:२० | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast