आज काठमाडौँको तापक्रम ३.३ डिग्री सेल्सियस

हिमाल प्रेस २३ पुष २०७९ ८:१०
8
SHARES
आज काठमाडौँको तापक्रम ३.३ डिग्री सेल्सियस

काठमाडौँ- देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् वरुण पौडेलका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।

तराईका क्षेत्रहरुमा भने शीतलहर कायमै रहनेछ।

तत्काल वर्षा र हिमपातको सम्भावना नभएपनि तापक्रममा भने निरन्तर गिरावट आउने पौडेलले बताए।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ।

यस्तो छ तीन दिनको देशभरको  मौसम पूर्वानुमान

शनिबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

आइतबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

सोमबार

दिउँसो ː कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति ː लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

प्रकाशित: २३ पुष २०७९ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =