सिरहाका सीडीओ दाहाल गृह मन्त्रालय तानिए, नयाँ सीडीओ अर्याल

हिमाल प्रेस ८ चैत २०८१ १३:०६ | Friday, March 21, 2025
सिरहाका सीडीओ दाहाल गृह मन्त्रालय तानिए, नयाँ सीडीओ अर्याल गृह मन्त्रालय तानिएका सीडीओ वासुदेव दाहाल।

काठमाडौँ- सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। शुक्रबार गृह मन्त्रालयले दाहाललाई फिर्ता बोलाउँदै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाएको छ।

गृह मन्त्रालयका अनुसार सिरहाको औरही गाउँपालिका-५ मा दीपक मरिक (डोम) को घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको विषयमा दाहाललाई फिर्ता बोलाइएको हो।

यसअघि गृहमन्त्री रमेश लेखकले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डित समेत बिहीबार घटनास्थल पुगेका थिए।

गाउँमा चैत १७ गतेदेखि महायज्ञ आयोजना हुने भएकाले स्थानीय दलित परिवारको घर भत्काइएको घटनाबारे विरोध भइरहेको छ।

यस्तै, समन्यायिक समाज नेपालले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ। समाजका अध्यक्ष भक्त विश्वकर्माले महायज्ञ गर्ने भन्दै दलित समुदायका दीपक मरिक (डोम) को घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: ८ चैत २०८१ १३:०६ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast