 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।
                             अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।
                                            अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता भएको छ। अधिकारीहरूका अनुसार दुई राष्ट्रपतिबीच ९० मिनेट कुराकानी भएको थियो।
पुटिन युक्रेन र रूसले आगामी ३० दिनका लागि ऊर्जा संरचनाहरूमा आक्रमण नगर्ने भन्ने ट्रम्पको प्रस्तावलाई समर्थन गर्ने बीबीसीले जनाएको छ। पुटिन पूर्ण रूपमा युद्ध रोक्न भने असहमत रहेका छन्।
ट्रम्प र पुटिनबीच युक्रेन युद्धमा अब ‘शान्तिको आवश्यकता र युद्धविराम’ का विषयमा कुराकानी भयो र युद्धको अन्त्य ‘दिगो शान्ति’ सहित हुनु पर्नेमा सहमति भयो। दुवैजनाले अमेरिकी रूस सम्बन्धमा सुधार हुनु पर्ने आवश्यकतामा पनि जोड दिए।
दुवै नेताबीच ‘शान्ति हासिल गर्ने गतिविधि तर्फको बाटो’ ऊर्जा र पूर्वधारका संरचनाहरूमा युद्धविरामबाट आरम्भ हुने कुरामा सहमति भयो। साथै ब्ल्याक सीमा समुद्री आवागमनमा पनि युद्धविराम लागु गर्ने वार्ता पनि सुरु हुनु पर्ने सहमित भयो।
दुवै राष्ट्रपतिबीच मध्यपूर्वको विषयमा पनि त्यस क्षेत्र ‘भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्नका लागि सम्भावित सहकार्यको क्षेत्र’भएको भन्नेमा पनि कुराकानी भयो। बीबीसी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 