इजरायलले गाजामा गरेको आक्रमणमा चार सय जनाको मृत्यु

हिमाल प्रेस ५ चैत २०८१ १७:०३ | Tuesday, March 18, 2025
इजरायलले गाजामा गरेको आक्रमणमा चार सय जनाको मृत्यु फाइल तस्बिर : एफपी

काठमाडौँ– इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजापट्टीमा सबैभन्दा ठूलो आक्रमण गरेको छ। हमासको स्वास्थ्य मन्त्रालयले कम्तीमा चार सय  प्यालेस्टिाइनीको मृत्यु भएको जनाएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आतंकवादीस्थलमा कार्यबाही गरेको जनाएको छ। १९ जनवरीमा युद्धविराम भएयता गाजामा इजरायलको तर्फबाट भएको यो सबैभन्दा ठूलो हवाई आक्रमण हो।

हमासले भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविरामपछि युन पुनः सुरू गर्ने निर्णय गरेको आरोप लगाएको छ।

इजरायलले गाजापट्टीमा आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्।

‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकप र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार गरेपछि आदेश दिइएको थियो,’ नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरूद्ध कारबाही गर्नेछ।’

प्रकाशित: ५ चैत २०८१ १७:०३ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast