अयोध्याको राम मन्दिर ट्रस्टले सरकारलाई बुझायो ४ सय करोड कर

हिमाल प्रेस ४ चैत २०८१ १६:१५
10
SHARES
अयोध्याको राम मन्दिर ट्रस्टले सरकारलाई बुझायो ४ सय करोड कर

काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित अयोध्याको राम मन्दिर ट्रस्टले सरकारलाई चार सय करोड भारतीय रूपैयाँ कर बुझाएको छ। ट्रस्टले पाँच वर्षको अवधिमा सरकारलाई यो कर बुझाएको हो।

राम मन्दिर ट्रस्टको स्थापना ५ फेब्रुअरी २०२० मा भएको थियो। ट्रस्टका महासचिव चम्पत रायले ५ फेब्रुअरी २०२० देखि ५ फेब्रुअरी २०२५ सम्म चार सय करोड रुपैयाँ सरकारलाई करको रूपमा बुझाएको जानकारी दिएका छन्।

उनका अनुसार २७० करोड रुपैया ‘जीएसटी’ र बाँकी १३० करोड अन्य करको रूपमा सरकारलाई बुझाइएको छ।

‘अयोध्या आउने श्रद्धालुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष करिब पाँच करोड श्रद्धालुले रामललाको दर्शन गरेका छन्,’ महासचिव चम्पतले भने,‘कुम्भ २०२५ को क्रममा १५ जनवरी २०२५ देखि २८ फेब्रुअरी २०२५ का बीच करिब १ करोड २६ लाख श्रद्धालु अयोध्या पुगेका छन्।’

उनले महाकुम्भका बेला हरेक दिन साढे चार लाख श्रद्धालु अयोध्या पुगेको जानकारी दिएका छन्। हरेक दिन दश रेल ४० हजारदेखि ५० हजार श्रद्धालुलाई लिएर अयोध्या पुगेको रायको भनाइ छ।

प्रकाशित: ४ चैत २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast