कोहलपुरमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा

हिमाल प्रेस १ चैत २०८१ १३:५६ | Friday, March 14, 2025
कोहलपुरमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा प्रतिनिधिमूलक तस्बिर

नेपालगन्ज- पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले बाँकेको कोहलपुरमा पैदल यात्रीलाई ठक्कर दिएको छ।

जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए।

सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ १३:५६ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast