सुरक्षाकर्मीलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

हिमाल प्रेस १ चैत २०८१ १३:२८ | Friday, March 14, 2025
सुरक्षाकर्मीलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

उदयपुर- डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर र्‍याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताए। जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ।

जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ। औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ १३:२८ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast