शिक्षा ऐन माग गर्दै आज शिक्षक कर्मचारीले दिँदैछन् माओवादी केन्द्रको कार्यालयमा धर्ना

हिमाल प्रेस १ चैत २०८१ ५:५४ | Friday, March 14, 2025
शिक्षा ऐन माग गर्दै आज शिक्षक कर्मचारीले दिँदैछन् माओवादी केन्द्रको कार्यालयमा धर्ना फाइल तस्बिर

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै दोस्रो चरणको आन्दोलन अघि बढाएको छ। आन्दोलनअन्तर्गत महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने क्रमम आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिँदैछ।

महासंघको राष्ट्रिय समितिको आयोजनामा यसअघि सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिइएको थियो।

भोलि चैत २ गते नेकपा एकीकृत समाजवादी, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ गते जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा तथा चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको केन्द्रीय कार्यालय अगाडि धर्ना दिने कार्यक्रम छ।

महासंघले शिक्षा ऐन शीघ्र पारित गर्न सरकारलाई दबाब दिन विभिन्न चरणका आन्दोलन गर्दै आएको छ।

प्रकाशित: १ चैत २०८१ ५:५४ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast