काठमाडौँ- आर्सनलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता रियल मड्रिडको सामना गर्ने भएको छ।
बुधबार घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा पीएसभीसँग २-२ को बराबरीमा रोकिए पनि आर्सनल समग्रमा ९-३ ले विजयी भयो। पहिलो लेगमा आर्सनलले ७-१ को सानदार जित निकालेको थियो।
आर्सनलका लागि ओलेक्सजेन्डर जिनचिन्को र डेक्लान राइसले गोल गरे। पीएसभीका लागि इभान पेरिसिक र कुहैब ड्राइउचले गोल गरे। खेलको छैटौं मिनेटमै जिनचेन्कोको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो। १८औं मिनेटमा पेरिसिकले पीएसभीलाई बारबरीमा ल्याए।
राइसले ३७औं मिनेटमा गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो। ७०औं मिनेटमा ड्राइउचले गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
                            प्रकाशित: २९ फागुन  २०८१ ८:३९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

