प्रतीकात्मक तस्बिर।
अछाम- अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका-९ ओलीगाउँको रातोमाटेमा आज (सोमबार) दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका-८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ।
प्रकाशित: २६ फागुन २०८१ १९:४५ | Monday, March 10, 2025
प्रतिक्रिया




