तराईमा शीतलहरले जनजीवन प्रभावित, पहाडमा पनि बढ्यो चिसो

हिमाल प्रेस २२ पुष २०७९ ६:५६
2
SHARE
तराईमा शीतलहरले जनजीवन प्रभावित, पहाडमा पनि बढ्यो चिसो फाइल तस्बिर- रासस

काठमाडौँ- तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु(कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ ।

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु(कुहिरो लाग्ने सम्भावना छ ।

प्रकाशित: २२ पुष २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =