बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २३ फागुन २०८१ १२:२५
10
SHARES
बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा- बाराको कलैया उपमहानगरपालिका-१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका छन्।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नंको बसले ना३९प ७३६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: २३ फागुन २०८१ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast