ओली, देउवा र प्रचण्ड एकैचोटि किन पुगे महोत्तरी?

हिमाल प्रेस २२ फागुन २०८१ १६:४७
58
SHARES
ओली, देउवा र प्रचण्ड एकैचोटि किन पुगे महोत्तरी?

काठमाडौँ-  प्रमुख तीन दलका शीर्ष नेताहरू एकै दिन महोत्तरीमा पुगेका छन्। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार महोत्तरीका भिन्नाभिन्नै कार्यक्रममा सहभागी भएका हुन्।

प्रधानमन्त्री ओली महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज’ को उद्घाटन गर्न त्यहाँ पुगेका हुन्। उनले एक समारोहका बीच उक्त उद्योग उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरून्।’ प्रधानमन्त्री ओली हेलिकप्टरमा त्यहाँ पुगेका थिए।

कांग्रेस सभापति देउवा महोत्तरीको भोलहीमा आयोजित कांग्रेसको आमसभामा सहभागी हुन त्यहाँ पुगेका छन्। उनी काठमाडौँबाट सिमरासम्म हवाई उडानबाट पुगेका थिए। त्यसपछि सडक मार्गबाट देउवा महोत्तरी पुगेका थिए।

यसैगरी माओवादी अध्यक्ष प्रचण्ड पार्टीले आयोजना गरेको जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका क्रममा बिहीबार महोत्तरीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। अध्यक्ष प्रचण्ड केही सातादेखि मधेशका जिल्लामा कार्यकर्ता भेटघाट र पार्टी गतिविधिमा संलग्न रहँदै आएका छन्। उनले बिहीबार जिल्ला समन्वय समिति महोत्तरीद्वारा आयोजित खबरदारी सभामा सम्बोधन गरे।

प्रकाशित: २२ फागुन २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast