
काठमाडौँ– नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन्।
फागुन १३ गते नेपाल आएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू कार्यक्रमपश्चात शुक्रबार स्वदेश फिर्ता भएको नेपाली सेनाले जनाएको छ।
भ्रमणमा आएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता भएका थिए।
त्यस्तै जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा) विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा) शुक्रबार स्वदेश फिर्ता भएका हुन्।
भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गरेको थियो।