फाइल तस्बिर
काठमाडौँ- पाकिस्तानमा बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोट भएको हो।
पेशावर डिभिजन कमिश्नर रियाज महसुदले विस्फोटबारे पुष्टि गरेको बीबीसीले जनाएको छ।
विस्फोटमा एक मदरसा प्रशासकको समेत मृत्यु भएको बताइएको छ। उनी सन् २००२ देखि २००७ सम्म पाकिस्तानको नेसनल एसेम्बली सदस्यसमेत थिए।
प्रकाशित: १६ फागुन २०८१ १७:४३ | Friday, February 28, 2025
प्रतिक्रिया




