अध्यादेशमा निर्णायक देखिएको जसपा नेपालले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस १५ फागुन २०८१ ८:०३ | Thursday, February 27, 2025
अध्यादेशमा निर्णायक देखिएको जसपा नेपालले बोलायो केन्द्रीय कमिटी बैठक फाइल तस्बिर

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ। बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

सरकारले संसद्मा पेस गरेका अध्यादेशलाई भने जसपा नेपालले कार्यसूचीमा राखेको छैन। यसअघि जसपा नेपालले नै अड्को थाप्दा अध्यादेश पारित हुन सकेको थिएन। त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित: १५ फागुन २०८१ ८:०३ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast