भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपालमा

हिमाल प्रेस १३ फागुन २०८१ १९:४०
64
SHARES
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपालमा

काठमाडौँ- नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपाल आएका छन्। नेपाली सेनाको २६२ औं स्थापना दिवस र महाशिवरात्रिको अवसरमा सहभागी हुन भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपूर, डा. विजयकुमार सिंह, दलबीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे र मनोज पाण्डे  नेपाल आएका हुन्।

नेपाली सेनाका अनुसार उनीहरूले नेपाल भ्रमणका क्रममा विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्नेछन्।

नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथिको मानपदवी प्रदान गर्ने परम्परा छ।

प्रकाशित: १३ फागुन २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast