शंकर पोखरेलको ठोकुवा : घृणा, आक्रोश र गालीगलौजले समाज ओरालोतिर लाउँछ

हिमाल प्रेस १२ फागुन २०८१ ९:४५ | Monday, February 24, 2025
शंकर पोखरेलको ठोकुवा : घृणा, आक्रोश र गालीगलौजले समाज ओरालोतिर लाउँछ एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा फैलिएको घृणा, आक्रोश र गालीगलौजको संस्कृतिले देश र समाजलाई अझै ओरालोतर्फ लग्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले जो नेता आए पनि जस्तो शासनव्यवस्था आए पनि देश बन्न नसक्ने तर्क गरेका छन्। सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई निराशातर्फ मात्र धकेल्ने उनको भनाइ छ।

‘कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ’, उनले लेखेका छन्, ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ।’

प्रकाशित: १२ फागुन २०८१ ९:४५ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast