आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस ९ फागुन २०८१ ६:४९
14
SHARES
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- यतिखेर देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ९ फागुन २०८१ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast