
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबराले विभिन्न समस्याका कारण मुलुक गम्भीर भोडमा पुगेको बताएका छन्। उनले मुलुक कुशासन, लुटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले आज मुलुकमा गम्भीर अवस्था उत्पन्न भएको बताएका हुन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महामन्त्री देश गम्भीर मोडमा पुगेको बताउँदै राणाले राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको बताएका छन्।
‘यसै क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुऱ्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ,’ राणाले भनेका छन्,‘त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ।’
उनले राप्रपाको केन्द्रीय कार्य समितिले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नारा सहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरब कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको समेत जानकारी दिएका छन्।