
काठमाडौँ- भक्तपुर एक युवा मृत भेटिएका छन्। चाँगुनारायण नगरपालिका-४ खोरिया जारीगाउँमा बस्ने १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका हुन्।
उनी सोही ठाउँका स्थानीय २१ वर्षीय बादल तामाङको घरमा बिहान ३ बजे आइ छुट्टाछुट्टै कोठामा सुतेका थिए। ढिलासम्म नउठेपछि साथीले बोलाउन जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ फागुन २०८१ ७:५०
प्रतिक्रिया