युगान्डा भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता

हिमाल प्रेस ७ फागुन २०८१ ७:३१ | Wednesday, February 19, 2025
युगान्डा भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोली घोषणा, युवा खेलाडी समेटिदा परिनन् सीता

काठमाडौँ- युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि इन्दु वर्माको नेतृत्वमा १८ सदस्यीय प्रारम्भिक नेपाली महिला क्रिकेट टोली घोषणा भएको छ।

युगान्डा क्रिकेट संघको आयोजनामा फागुन २२ गतेदेखि चैत ४ गतेसम्म (मार्च ६ देखि १७) मैत्रीपूर्ण खेल हुँदैछ। टोलीमा युवा खेलाडीको बर्चस्व छ।

यसअघि यू १९ विश्वकप खेलेको खेलाडी रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, अलिसा कुमारी यादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी समेटिएका छन्। यता, लामो समय टिममा रहेकी अलराउन्डर सीता राना मगर प्रारम्भिक टोलीमा छैनन्।

नेपालको प्रारम्भिक टोली :

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा, सीमाना केसी

प्रकाशित: ७ फागुन २०८१ ७:३१ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast