
काठमाडौँ- मंगलबार बेलुकी त्रिपुरेश्वर आसपासमा ठूलै हल्ला चल्यो। कारण थियो, कसैले शंकास्पद वस्तु ल्याएर राखेको छ। सबै सचेत बने भने प्रहरीलाई खबर गरे। त्यतिकैमा प्रहरी पनि पुग्यो।
प्रहरीको अनुसन्धानले पनि त्यही भन्यो, जुन सर्वसाधारणले भनिरहेका थिए। त्यतिकैमा सेनाको डिस्पोजल टोली त्यहाँ पुग्यो। शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गर्दा भने शंकास्पद वस्तु नभएको पुष्टि भयो।
उक्त वस्तु बम नभएर कपडाको पोको रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडी झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
सोही टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।
प्रकाशित: ७ फागुन २०८१ ६:५२
प्रतिक्रिया