ग्यास सिलिन्डर विस्फोट अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

हिमाल प्रेस ४ फागुन २०८१ १०:१९ | Sunday, February 16, 2025
ग्यास सिलिन्डर विस्फोट अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौँ- काठमाडौँको कमलपोखरीमा रहेको शानदार म:म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

ग्यास विस्फोटमा परेर घाइते भएका काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। लामाको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

योसँगै उक्त विस्फोटमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि उदयपुरको उदयपुरगढी ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो। उदयपुरका तामाङको शुक्रबार तथा राई र घले मगरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।

ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएका १४ मध्ये गम्भीर घाइते ११ जनालाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । अन्य घाइतेहरूको भने उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ फागुन २०८१ १०:१९ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast