आँगनमा खेलिरहेका थिए बच्चा, चितुवाले घाँटी र टाउकोमा आक्रमण गरेर खायो

हिमाल प्रेस ४ फागुन २०८१ ८:४१ | Sunday, February 16, 2025
आँगनमा खेलिरहेका थिए बच्चा, चितुवाले घाँटी र टाउकोमा आक्रमण गरेर खायो

बर्दिया- घरको आँगनमा खेलिरहेका दुई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ। मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिबार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो। रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन्। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ।

साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो।
गोरखापत्रबाट

प्रकाशित: ४ फागुन २०८१ ८:४१ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast