सशस्त्र संघर्षको परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ : प्रचण्ड

हिमाल प्रेस १ फागुन २०८१ २१:३६ | Thursday, February 13, 2025
सशस्त्र संघर्षको परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ : प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

गुल्मी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र संघर्षको परिणामले अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन्।

धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सशस्त्र संघर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए।

‘यो सामान्य सुधारात्मक परिवर्तन मात्रै होइन, गुणात्मक, युगान्तकारी र धेरै समयसम्म टिक्ने परिवर्तन हो,’ प्रचण्डले भने, ‘संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको छ।’

संविधानमा जनताका अधिकार स्थापित भए पनि जनताको घरआँगनमा भने सोचेजस्तो खुसियाली नआएको उनको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडकलगायत काम गरेको अध्यक्ष प्रचण्डले उल्लेख गरे।

प्रकाशित: १ फागुन २०८१ २१:३६ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast