कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पौडेल र थारु नियुक्त

हिमाल प्रेस ३० माघ २०८१ १४:५७ | Wednesday, February 12, 2025
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पौडेल र थारु नियुक्त कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा डा.कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धान तर्फ) को पदमा चितवनका डा.सञ्जय महतो नियुक्त भएका छन्।

उनीहरूलाई कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नियुक्त गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ) को पदमा कास्कीका पौडेल र निर्देशक (अनुसन्धान तर्फ) को पदमा चितवनका थारूलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम खड्काले नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ३० माघ २०८१ १४:५७ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast