दिल्लीमा भाजपाको २७ वर्षको ‘वनवास’ अन्त्य, ‘आप’ का शीर्ष नेताहरू नै पराजित

हिमाल प्रेस २६ माघ २०८१ १४:४१
42
SHARES
दिल्लीमा भाजपाको २७ वर्षको ‘वनवास’ अन्त्य, ‘आप’ का शीर्ष नेताहरू नै पराजित ‘आप’ संस्थापक एवं पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेर निर्वाचित भाजपा नेता प्रवेश वर्मा।

काठमाडौँ- भारतको दिल्ली विधानसभा चुनावमा सत्तारुढ दल आम आदमी पार्टी (आप) का शीर्ष नेताहरू चुनाव हारेका छन्। आपका संस्थापक नेता एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालसहितका शीर्ष नेताहरूले चुनावमा हार बेहोर्नु परेको हो।

केजरीवाल नयाँ दिल्ली सिटबाट पराजित भएका छन्। केजरीवाललाई भारतीय जनता पार्टी (भाजपा) का प्रवेश वर्माले पराजित गरेका हुन्।

त्यस्तै आपका नेता मनिष सिसोदिया जंगपुरा सिटबाट पराजित भएका छन्। आम आदमी पार्टीकी नेतृ एवं बहालवाला मुख्यमन्त्री आतिशी भने चुनाव जितेकी छन्।

चुनाव आयोगको आँकडाअनुसार भाजपाले बहुमत पाउने पक्का भएको छ। दिल्लीमा १२ वर्षदेखि सरकारको नेतृत्व गरिरहेको आप भने यसपालि सत्ताच्यूत हुनुपर्ने देखिन्छ। भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने मौका पाएको छ।

भाजपा सन् १९९८ मा दिल्लीको सत्ताबाट बाहिरिएको थियो।

दिल्लीमा ५ फेब्रुअरीका दिन मतदान भएको थियो भने शनिबार बिहान ८ बजेदेखि मतगणना सुरू भएको थियो।

चुनाव आयोगको आँकडाअनुसार भाजपा ४७ र आम आदमी पार्टी २३ सिटमा अग्रता लिएको छ। पछिल्लो दुई चुनावबाट एक सिट पनि जित्न नसकेको कांग्रेसले यसपालि पनि समान नतिजा भोग्नु परेको छ।

७० सदस्यीय विधानसभा सिट रहेको दिल्लीमा सरकार बनाउन ३६ सिट चाहिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast