महिला टी-२० शृंखला : नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै

हिमाल प्रेस २५ माघ २०८१ १२:५२
12
SHARES
महिला टी-२० शृंखला : नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ- महिला टी-२० शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको छ। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन्।

नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको छ। यसअघि नेपाल नेदरल्यान्डसँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो।

थाइल्यान्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। यसअघि थाइल्यान्डले नेदरल्यान्डलाई आठ विकेट र १७ रनले हराएको थियो।

यस्तै, थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्डसँग एक विकेटले पराजित भएको थियो। आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनीषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन्। राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन्।

प्रकाशित: २५ माघ २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast