आज धुम्म मौसम

हिमाल प्रेस २५ माघ २०८१ ६:२४
14
SHARES
आज धुम्म मौसम

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान धुम्म मौसम भएको जनाएको छ। महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाउँदै उक्त वायुले प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। आज राति पनि यसले निरन्तरता पाउने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार  बिहानीपख तराईका भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

प्रकाशित: २५ माघ २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast