अमेरिकामा चोरी भयो एक लाख अण्डा

हिमाल प्रेस २३ माघ २०८१ २१:२९
6
SHARES
अमेरिकामा चोरी भयो एक लाख अण्डा फाइल तस्बिर

काठमाडौँ- अमेरिकामा चोरीको एउटा अनौठौँ घटना बाहिरिएको छ। यो चोरी रूपैयाँ वा गरगहनाको नभएर एख लाख थान अण्डाको हो।

अमेरिकाको पेन्सिल्वेनियामा चोरहरूले एउटा किराना पसलेको एक लाखभन्दा बढी अण्डा चोरी गरेका छन्।

चोरी भएका अण्डाको मूल्य ४० हजार डलर रहेको बताइएको छ। प्रहरीका अनुसार यो चोरी १ फेब्रुअरीका दिन एउटा ट्रकबाट भएको हो। चोरहरूले ट्रकको पछाडि राखिएका अण्डा चोरी गरेका हुन्।

बर्ड फ्लू महामारीका कारण अमेरिकामा मूल्य वृद्धि भएको बेला अण्डाको चोरी भएको हो।

अमेरिकाको कृषि विभागका अनुसार पछिल्लो समय त्यहाँ देशका विभिन्न स्थानमा बर्ड फ्लू फैलिएको छ।

प्रकाशित: २३ माघ २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast