पाथीभरामा केवलकार निर्माणमा झडप, आन्दोलनकारीले ढुंगा र गुलेलीले हान्दा ३ प्रहरीसहित ४ घाइते

हिमाल प्रेस १३ माघ २०८१ ६:४७
पाथीभरामा केवलकार निर्माणमा झडप, आन्दोलनकारीले ढुंगा र गुलेलीले हान्दा ३ प्रहरीसहित ४ घाइते

काठमाडौँ- पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन्। काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ। आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो। प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो। गत मंगलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो। अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast