हुस्सु र हिउँले जनजीवन प्रभावित पार्न सक्ने चेतावनी

हिमाल प्रेस १८ पुष २०७९ ६:२०
10
SHARES
हुस्सु र हिउँले जनजीवन प्रभावित पार्न सक्ने चेतावनी फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेर दैनिक जीवनमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ। महाशाखाले यसबाट सडक तथा हवाई यातायातमा पर्ने प्रभाव पर्न सक्ने जनाएको छ।

प्रदेश नं १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। यस्तै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हिउँ पर्न सक्ने पनि महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

साेमबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै भूभागमा हुस्सु लागेको छ।

यस्तो हुनेछ तीन दिनको मौसम

सोमबार

दिउँसो ː प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार

दिउँसो ː प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ː प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: १८ पुष २०७९ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =