यू १९ विश्वकप : स्कटल्यान्डसँग पनि पराजित भयो नेपाल

हिमाल प्रेस ७ माघ २०८१ १५:४३ | Monday, January 20, 2025
यू १९ विश्वकप : स्कटल्यान्डसँग पनि पराजित भयो नेपाल

काठमाडौँ- मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए। यसअघि नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। १९ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले कप्तानी पारी खेलिन्। उनले सर्वाधिक २७ रनसमेत बनाइन्। यस्तै ‌‌ओपनर सावित्री धामीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो। यसअघि नेपालले बंगलादेशसँग पाँच विकेटले पराजय भोगेको थियो।

प्रकाशित: ७ माघ २०८१ १५:४३ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast