विद्यालयको आर्थिक र भौतिक पूर्वाधार समस्या शिक्षा मन्त्रालयमा

हिमाल प्रेस ७ माघ २०८१ १२:२३ | Monday, January 20, 2025
विद्यालयको आर्थिक र भौतिक पूर्वाधार समस्या शिक्षा मन्त्रालयमा फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विद्यालयको आर्थिक र भौतिक पूर्वाधारको समस्याबारे छलफल भएको छ। मन्त्रालयमा आइतबार प्रतिनिधिसभा सांसद सीता गुरुङको नेतृत्वमा आएको टोली र शिक्षामन्त्री विद्या भट्टराईबीच जागृति आधारभूत विद्यालय, फिदिम-४ सालघारी, पाँचथरका समस्या सम्बन्धमा छलफल भएको हो।

सो विद्यालयमा अभिभावकविहीन र कमजोर अवस्थामा रहेका बालबालिका आवासीय रूपमा अध्ययन गर्ने गरेको तर विद्यालयको आर्थिक तथा भौतिक स्रोत अत्यन्त कमजोर रहेकोले तत्काल गर्न सकिने सहयोग तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायका विषयमा छलफल केन्द्रित थियो।

उक्त छलफलमा मन्त्री भट्टराईले यसका लागि चेन मेकानिजम विकास गर्न, स्थानान्तरण र समग्र व्यवस्थापनको प्रणाली विकास गर्न, सम्बन्धित स्थानीय पालिकासँग समन्वय गर्न तथा उपलब्ध छात्रवृत्ति परिचालन गर्न निर्देशन दिइन्।

सोही अवसरमा तत्कालका लागि मन्त्रालय तथा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट गर्न सकिने विषयमा आवश्यक कार्य गर्न नेतृत्वलाई निर्देशन दिइन्।

दीर्घकालमा यस्ता प्रकृतिका विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयहरूको समग्र विकासका लागि अवलम्बन गर्नुपर्ने नीतिगत विषयलाई मध्यनजर गरी कार्य गरिने मन्त्री भट्टराईले बताइन्।

प्रकाशित: ७ माघ २०८१ १२:२३ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast