च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको नेतृत्वमा भारतको टिम, फर्किए बुमराह

हिमाल प्रेस ६ माघ २०८१ ७:०४
16
SHARES
च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको नेतृत्वमा भारतको टिम, फर्किए बुमराह

काठमाडौँ- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ।बीसीसीआईले शनिबार च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन्। यसअघि इन्ज्युरी रहेका बुमराह पनि टिममा रहेका छन्।

च्याम्पियन्स ट्रफीको आयोजक राष्ट्र पाकिस्तान हो। तर, भारतीय टोलीका सबै खेलहरू दुबईमा हुने बीसीसीआईले जनाएको छ।

बीसीसीआईका अनुसार भारतीय टोलीले फेब्रुअरी २० मा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने छ । भारतीय टोलीको दोस्रो खेल फेब्रुअरी २३ मा पाकिस्तानसँग हुनेछ।

आगामी मार्च २ मा भारतीय क्रिकेट टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्ने छ। भारतीय टोलीले हुई पटक च्याम्पियन्स ट्रफी उचाली सकेको छ। सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो।

प्रकाशित: ६ माघ २०८१ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast