काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीबीच भएको झडपको प्रतिवेदन बुझाइएको छ।
गत भदौ १३ गते विश्वविद्यालयमा विद्यार्थीबीच भएको झडपका सम्बन्धमा गठित छानविन समितिले शिक्षामन्त्रीलाई बुधबार एकप्रति प्रतिवेदन बुझाएको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यकारिणी समितिको गत कात्तिक १३ को निर्णयानुसार गठित उक्त समितिले आफ्नो प्रतिवेदन विश्वविद्यालयलाई बुझाइसकेको छ।
प्रकाशित: ३ माघ २०८१ ११:१६ | Thursday, January 16, 2025
प्रतिक्रिया




