शिक्षा मन्त्रालयले माग्यो बालविकासहितका विषयमा विज्ञ सूचीमा आवेदन

हिमाल प्रेस २९ पुष २०८१ ११:३४ | Monday, January 13, 2025
शिक्षा मन्त्रालयले माग्यो बालविकासहितका विषयमा विज्ञ सूचीमा आवेदन फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकाससहितका विषयमा विज्ञ सूची (रोष्टर) मा आवेदन पुनः माग गरेको छ।

विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि यसअघि भदौ ६ गते आवदेन माग गरिएको थियो। पर्याप्त आवेदन प्राप्त नभएकाले आइतबार पुनः आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

१५ दिनभित्रमा https://shorturl.at/JDDi8 मार्फत आवेदन दिन सकिनेछ। प्रारम्भिक बालविकास तथा शिक्षा, विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा, व्यावसायिक सिप तथा तालिम, सूचना प्रविधि, अनौपचारिक तथा निरन्तर शिक्षा, पारमाणविक पदार्थ व्यवस्थापन, करिअर काउन्सेलिङ, विज्ञान तथा प्रविधि, तथ्याङ्क, शासकीय सुधार तथा प्रशासन विकास आवेदन गर्न सकिने विज्ञताका क्षेत्रहरू रहेका छन्।

विज्ञका रूपमा सूचीकृत हुनका लागि सम्बन्धित विषय क्षेत्रमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरी सोही क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको, सम्बन्धित क्षेत्रमा विशिष्टीकृत तालिम वा सिपको प्रमाणपत्र हासिल गरेको हुनुपर्ने छ।

थप जानकारी

प्रकाशित: २९ पुष २०८१ ११:३४ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast