जय ट्रफी : मधेशको लगातार दोस्रो हार

हिमाल प्रेस २८ पुष २०८१ १५:०४
10
SHARES
जय ट्रफी : मधेशको लगातार दोस्रो हार

काठमाडौँ– ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगितामा मधेश प्रदेश लगातार दोस्रो खेल गुमाएको छ। आइतबार त्रिभुवन आर्मी क्लबसँग मधेश ८ विकेटले पराजित भएको हो। यसअघि मधेश प्रदेश नेपाल प्रहरी क्लबसँग पराजित भएको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी क्लबले पहिलो इनिङमा ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी घोषित गरेको थियो।

जवाफमा मधेश प्रदेशलाई १०२ रनमा अलआउट गरेर आर्मी क्लबले १२३ रनको अग्रता कायम गर्‍यो।

पुनः व्याटिङको निम्तो पाएको मधेश प्रदेशले दोस्रो इनिङमा १५० रन जोडेर आर्मी क्लबसमक्ष जितका लागि २७ रनको लक्ष्य प्रस्तुत ग¥यो। आर्मी क्लबले २ विकेटको क्षतिमा ३० रन बनाएर मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो।

पहिलो इनिङमा आर्मी क्लबका लागि बासिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ खेले। बासिरले ६७ र भीमले ५२ रन बनाए। त्यस्तै इमरान शेखले ४२, त्रितराज दासले ६, सन्तोष कार्कीले ९ रन बनाए।

त्यस्तै पहिलो इनिङमा मधेशका लागि रञ्जीत कुमारले ५, प्रदीप पासवानले २, अभिषेक तिवारी र हरिशंकर साहले १–१ विकेट लिए।

मधेश प्रदेशका लागि पहिलो इनिङमा कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाए।

आर्मी क्लबका लागि सहबाब आलमले ६, सोमपाल कामी, आकाश चन्द, बासिर अहमद र पवन कार्कीले १–१ विकेट लिए।

मधेशका लागि दोस्रो इनिङमा मयन यादवले ४९, हरिशंकर साहले २५, निरज यादवले १७, हिमांसु दत्तले ११ र अभिषेक तिवारीले १९ रन बनाए।

दोस्रो इनिङमा मधेशका लागि प्रदीप पासवानले २ विकेट लिए। यो जितसँगै आर्मी क्लबले फाइनलमा स्थान पक्का गरेको छ।

प्रकाशित: २८ पुष २०८१ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast