दुम्कीवासमा विनय खोला पुल भाँचियो

हिमाल प्रेस २६ पुष २०८१ १८:४६ | Friday, January 10, 2025
दुम्कीवासमा विनय खोला पुल भाँचियो भाँचिएको पुल । तस्बिर : शंकर आचार्यको फेसबुकबाट। फाइल तस्बिर।

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गतको दुम्किवासस्थित विनय खोला पुल भाँचिएको छ। विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार जोखिमयुक्त पुलले भार थेग्न नसकेपछि भाँचिएको हो।

‘पुल दिउँसो साँडे चार बजेतिर भाँचिएको हो। यो पहिलेदेखि नै जोखिम थियो। हामीले पटकपटक सरकारलाई, सडक निर्माण गरिरहेको कम्पनीलाई भनेका थियौँ,’ उनले हिमालप्रेससँग भने, ‘पुलबाट सवारी लिएर जान मिल्ने अवस्थामा छैन। वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई भनिरहेका छौँ।’

उनका अनुसार दुम्कीवास हुँदै सर्दीको भाइरल सडकको बाटोलाई वैकल्पिक मार्ग बनाउन सकिन्छ। त्यस्तै साना सवारीलाई आज साँझदेखि नै अस्थायी डाइभर्सन बनाएर आवतजावत गर्न मिल्ने बनाउने प्रयास भइरहेको छ।

‘ठूला सवारीलाई होङ्सी सिमेन्टको फ्याक्ट्री हुँदै जान मिल्नेछ। अर्को यहाँ एउटा महावीर क्रसर भन्ने छ त्यहाँबाट पनि जान मिल्छ,’ उनले भने, ‘ठूला सवारीलाई आउजाउ गर्न मिल्ने भोलिसम्म बनाउँछौँ। आज अँध्यारो भएकोले डाइभर्सन बनाउन सम्भव भएन।’ पुल भाँचिएपछि राजमार्गमा ठूलो जाम भएको उनको भनाइ छ।

प्रकाशित: २६ पुष २०८१ १८:४६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast