माधव नेपालको आरोप : कमिसन खानलाई देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे

हिमाल प्रेस २५ पुष २०८१ १३:३०
12
SHARES
माधव नेपालको आरोप : कमिसन खानलाई देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिशन खानलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन्। भैरहवा र पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने उनको भनाइ छ। उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकेका बेला डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको दाबी गरे।

‘आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ। त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् कि हुँदैनन् ? शेरबहादुरजीको जिल्लामा विमानस्थल चल्छ ? बैतडीमा चलिरहेको छ ? डोटीमा छैन ?,’ उनले भने, ‘के छ त्यसको हालत ? किन बनाउनु पर्‍यो। भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिशन खान पाइन्छ। सिधा त्यो कुरा बाहेक अरू केही पनि होइन।’

उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे। मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए। विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताए।

प्रकाशित: २५ पुष २०८१ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast